मैले लामो समय देखि खास गरी बहाल वाला र पूर्व प्रहरी कर्मचारी अधिकृत तथा अन्य दर्जाका साथीहरुले सामाजिक सञ्जालहरुमा पोष्ट गरेका सामाग्रीहरु गहिरो गरी अध्ययन गर्ने गर्छु | त्यस मध्ये धेरै साथीहरुले वहालमा रहदा एउटा कुरा गर्ने वहाल टुटे पछि त्यसको भोली पल्टैबाट पहिलाको ठिक विपरित कुरा पोष्ट गरेको पाएको छु | त्यस्तो किन हुन्छ ?? आफु वहाल हुदा आफैले ठिक हो भनेको कुरा अवकाश पछि बेठिक भनेर खोइरो खनेको देख्छु |

जस्तै अहिले कै GEN Z को प्रर्दशनको कुरा गरौ | भाद्र २३ मा प्रहरीले अत्याधिक बल प्रयोग गर्यो | तिनकुनेको राजाबादीको आन्दोलनबाट पाठ सिकेन | मानव अधिकार आयोगले यो भन्यो ! त्यो भन्यो ! आफु त्याहा कमाण्डर भएको भए कसरी समाल्ने थिए अवस्था कस्तो थियो हेक्का राख्नु पर्दैन ? आफु नीति निर्माण तहमा हुदा आफु वहालमा रहदा किन नसिकाएको त ??? कुरा काट्न र फेसबुकमा लेख्न सजिलो छ गर्न तर काम गर्न के छ आफैलाई थाह छ | सबैको काम,व्यवसायिकता र कमाण्डसीप सबैले देखेको छ पानी माथिको ओभानो कोही हुनु पर्दैन | नेपालमा यस्ता आन्दोलन भइ नै रहन्छन् | हिजो थियो आज भएको छ र भोलीपनि हुनेछ | प्रहरी धेरै व्यवसायिक हुनु जरुरी छ |

हो २३ भदौको बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र भएको Gen Z को प्रर्दशनमा प्रहरीले बल प्रयोग गर्दा लाउलाउ र खाउ खाउका २१ विद्यार्थीहरुको ज्यान गएको छ भने सयौ विद्यार्थी जीवन मरणको दोसाँधमा अस्पतालको सैयामा सङ्घर्ष गरिरहनु भएको छ | यो ज्यादै दुख:द पक्ष हो | राष्ट्रको लागि अपूर्णनीय क्षेति हो | यसमा कसले के भन्छ भन्दा पनि ग्राउण्ड रियालिटी अध्ययन गर्नु पर्छ | प्रहरीलाई भिड नियन्त्रण गर्दा रबर बुलेटमात्र दिएर पठाउनु पर्छ र पर्दथ्यो | प्रहरी भनेको जनताको ज्यान लिने फौजी संगठन होइन | प्रहरीले अरुको ज्यान धन बचाउनको लागि वल प्रयोग गर्नु वाध्यात्मक र अन्तिम विकल्प हो | आधुनिक प्रहरीका पिता Sir Robert Peel को”Use of force is last resort ” को सिद्धान्तलाई अनुसरण गरेको नेपाल प्रहरी चाहेर दमन गर्ने नियतले यस्तो गरेको भन्दा पनि Gen-Z को शान्तिपूर्ण प्रर्दशनमा अराजक तत्वको घुसपैठ भई एक्कासी निषेधित इलाका तोडेर,बल पूर्वक महत्वपूर्ण प्रतिष्ठानको कम्पाउण्डबाल तोडफोड गरेर,Sharp Shooter को भूमिका समेत निभाउने गरी High points डिउटीमा बसेको सेन्ट्रिको हतियार खोस्ने,सुरक्षाकर्मीको गाडीको छतमा माऊण्ट गरेको हतिहारको पहुँच सम्म पुग्ने व्यक्ति वा समूह उपर कठोर र अन्तिम बल प्रयोग गरेको देखिन्छ | यो बल प्रयोग कलिला नानी बाबुको सट्टा ति उमेर पुगेका Gen-Z को आवरणमा ऊजण्ड क्रियाकलाप गरेका भुसतिघ्रेलाई लागेको भए सायद यति क्षति प्रहरी बेहोर्नु पर्ने थिएन होला | सो दिनको बल प्रयोग मानव अधिकारको गम्भीर उल्लघंन हो होइन ? सम्बन्धित क्षेत्रका विज्ञले ठहर गर्लान नै ! समयचक्रले त्यसको उत्तर दिने नै छ त्यो भन्दा पनि एउटा व्यवसायीक पूर्व प्रहरी अधिकृत जवानको हैसियतले हचुवा र सतहीरुपले नहेरी त्यतिबेलाको परिस्थिति र ग्राउण्ड रियालिटी मसिनो गरी बुझ्नु जरूरी हुन्छ |

Gen Z को शान्तिपूर्ण प्रर्दशनमा उमेर पुगेका लाठे छाती भरी ट्याटु खोपेका अराजक समूह पनि संगै मिसिएका थिए | Gen Z कै भाषामा पनि स्कुले विद्यार्थीलाई अगाडी राखेर निषेधित इलाका तोडेमा प्रहरीले ति स-साना नानी स्कुले ड्रेसका विद्यार्थीहरु उपर बल प्रयोग गर्दैन भन्ने मान्यता र मनस्थिति रहेको थियो | सुरुमा प्रहरीले सामान्य सम्झाइ बुझाइ गरेको पनि हो लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको पनि हो तर Gen Z को आवरणमा ति लाठे टाटुवालहरु हतिहार खोस्न उद्धत समेत भएकै हुन | गोली चल्यो !तर गोली ति लाठे भुस तिघ्रेलाई भन्दा ति स्कुले नानीहरुलाई लाग्यो ,लाग्नु पर्ने ठाऊमा भन्दा संबेदनशिल अङ्गमा लाग्यो | परिणाम आजको अवस्था सिर्जना भएको हो |
भाद्र २३ को यो परिस्थितिले प्रहरी उपर चौतर्फी विरोध र आलोचना भयो | गोली हान्ने लाई र गोली हान्न आदेश दिनेलाई हेग स्थित अन्तराष्ट्रिय अदालतमा लगेर मुद्दा चलाएर झुण्डाउनु पर्छ भन्ने सम्मका अभिव्यक्ति कानून व्यवसायी समेतबाट आयो | यी र यस्तै अरु थुप्रै कारणले गर्दा सुरक्षाकर्मीको मनोबल गिर्यो जसको परिणाम भाद्र २४ को वितण्डा मच्चियो | प्रहरीले सार्वजनिक सम्पत्तिको त के कुरा आफ्नै हतियार र यूनिफर्म समेत जोगाउन सकेन र हतियार बोकेर पनि गुण्डा र अराजक तत्वको शिकार बन्यो | हातियार बोकेको प्रहरी खालीहातको नियन्त्रण स्वीकार गर्न बाध्य भयो | कतिलाई व्यारेक भित्र थुनेर आगो लगाएर मारियो,कतिलाई कुटीकुटी मारियो भने कतिलाई पानीमा चोपली चोपली मारियो | जसले गर्दा नेपाल प्रहरीका मुलुकभरका प्रहरीहरुको मनोबल नराम्रो गरी गिर्न पुग्यो अरुको सुरक्षा त के कुरा आत्मरक्षाको अधिकार र नैतिकता दुवै गुमायो |

यी माथिका परिस्थिति तथा अन्य परिस्थितिलाई हामी पूर्व प्रहरीले सतहीरुपमा नभएर स्थलगत र व्यवसायिक ढंगले सोच्नु र विश्लेषण गर्न जरुरी हुन्छ | हतियार बोकेर पनि गुण्डा र अराजक र तर खालीहातका गुण्डासंग आत्मसमर्पण गर्नुपरेको ,आफ्नै अगाडी आफ्नो बस्ने घर अफिस जल्दा साक्षि बस्नु परेको,हतियार भिरेर डिउटीमा बसेको प्रहरीलाई खेदाइ खेदाई मारेको आलो घाऊमा मानव अधिकार आयोगले यो भन्यो त्यो भन्यो भनेर प्रहरीलाई गाली गरी आलो घाउमा नुन चुक छर्कनुको सट्टा मलम पट्टीलगाउ | प्रहरीको मनोबल उच्च गराउन प्रयत्न गरौ | सामाजिक सञ्जाल प्रयोग गर्दा वहालमा हुदा एउटा कुरा अवकाश भएपछि ठिक उल्टा कुरा नगरौ |
भाद्र २३ गते र २४ गते शहिद हुनुभएका Gen Z का प्यारा भाइबहिनी तथा प्रहरी साथीहरुलाई हार्दिक श्रध्दाञ्जलि ! र शोकाकुल परिबारजनमा धैर्य धारणा गर्ने शक्तिको लागि प्रार्थना गरौ | यसैमा हामी सबैको कल्याण छ | तर भिड नियन्त्रणका सम्बन्धमा निम्न कुरा पुन:परिभाषित हुनु जरुरी छ
१.भिड नियन्त्रणका लागि प्रहरीलाई रबर बुलेट दिने कि घातक हतियार गोली दिने ? ( अब पनि रबर बुलेट महङ्गो हुन्छ भनेर सरकारले खरिद गर्न कन्जुस्याइँ गर्ने कि ? कि मानिसको ज्यान भन्दा रबर बुलेट महङ्गो मान्ने?)
२.प्रहरीको तालिममा हतियार फाईरिङ गर्दा छाती ताकेर हान्ने तारगेट गराउने कि खुट्टा ताकेर हान्ने तारगेट बनाएर अभ्यास गर्ने ?
३. निषेधित इलाका भनेको के हो ? यो भिडले शान्तिपूर्ण तोड्ने रे ? निषेधित इलाका शान्तिपूर्ण कसरी तोड्न सकिन्छ ?(माया पूर्वक कुटेको,ज्यान मार्दा माया गरी गरेको भन्नुको कुनै अर्थ रहन्छ र ?)
४.भिड सिर्जना हुदा वा प्रर्दशन गर्दा प्रदर्शनकारीले बालबालिका तथा अन्य संवेदनशील वर्गलाई मानवढाल (Human Shield ) बनाउन पाइने कि नपाइने ?
५.महत्वपूर्ण प्रतिष्ठान (Vital Installation )को सुरक्षामा हतियार लिएर बसेको प्रहरीको हतियार खोस्न आउदा सिलसिलेबार बल प्रयोग गर्न तर्फ लाग्ने कि आत्मरक्षाको लागि गोली चलाउने ??

यो लेख पूर्व डिएसपी रेशम पराजुलीको अनुभव ,फेसबुक स्टाटसबाट तयार पारिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय