काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले पदभार सम्हालेको पहिलो दिनमै नीति समन्वय समिति (पिसीसी)को बैठक राखेका छन्। बैठकले महाराजगञ्जस्थित प्रहरी एकेडेमी परिसरमा बहालवाला तथा अवकाशप्राप्त प्रहरीका लागि किरियापुत्री भवन निर्माण गर्ने निर्णय गरेको छ।

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार, अन्य प्रदेशहरूमा पनि यस्ता भवन निर्माण गर्ने निर्णय बैठकबाट भएको छ। आइजीपी खापुङले बिहीबार पदभार ग्रहण गरेलगत्तै बैठक बोलाएर उक्त निर्णय गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय