काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजडान गरेको सवारी साधनलाई तत्काल जरिवाना वा कारबाही गरिने भन्ने भ्रम निराधार भएको स्पष्ट पारेका छन्।

विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने प्रक्रिया अघि बढिरहेको बताए। तर तोकिएको मितिदेखि जडान नगरेको खण्डमा तत्काल जरिवाना वा दण्डित गरिने भन्ने हल्ला गलत भएको उनको भनाइ छ।

मन्त्री दाहालले भने, “इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने विषयमा हल्ला भएको छ। तर असोज १ गतेदेखि जडान नगरेको भन्दै तुरुन्त जरिवाना वा कारबाही गरिँदैन। यस विषयमा कुनै भ्रम नराखौँ।”

यातायात मन्त्रीले सेवाग्राहीलाई आफूलाई अनुकूल समयमा सवारी दर्ता भएको कार्यालयमा पुगेर इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेशन अभियानमा सहयोग गर्न अनुरोध गरे।

उनले प्रदेश कार्यालयमार्फत आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिएको उल्लेख गर्दै सेवाग्राहीलाई सहज बनाउने थप व्यवस्था पनि गर्दै जाने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय