काठमाडौं — प्रहरी प्रधान कार्यालयले मातहतका अधिकारी तथा कर्मचारीलाई सेवाग्राही वा आफूबीच द्विअर्थी लाग्ने वा अश्लील भाषाको प्रयोग नगर्न निर्देशन दिएको छ।

सार्वजनिक भेटघाट, औपचारिक वा अनौपचारिक कुराकानीका क्रममा सेवाग्राही, प्रहरी कर्मचारी वा आपसी संवादमा अश्लील वा आपत्तिजनक भाषा प्रयोग भएको गुनासो आएपछि महानिरीक्षक (आईजी)को सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले परिपत्र जारी गरेको हो।

यसअन्तर्गत उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई असल आचरण र व्यवहार प्रवर्द्धन गर्न निर्देशन गरिएको छ।

महाशाखाका अनुसार केही वरिष्ठ अधिकृतहरूले नम्रता र नैतिक जिम्मेवारीका मूल्यमान्यता पर्याप्त आत्मसात नगरेको देखिएको छ, जसले नागरिक र प्रहरीबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने भएकाले आचरण सुधार गर्न भनिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय