
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरिएको छ।
कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने, रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेतलाई युनाइटेड अरब इमिरेट्स (यूएई) मा पक्राउ गरिएको हो। एनसीबी अबुधाबी, यूएईको समन्वयमा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

मानव बेचबिखन मुद्दामा संलग्न रही फरार रहेका बस्नेतविरुद्ध एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ पुस ११ गते रेड नोटिस जारी गरेको थियो।
उनीमाथि सम्बन्धित कसूरअनुसार कानूनी कारबाहीका लागि मानव बेचबिखन ब्यूरो पठाइएको प्रहरीले जानकारी दिएको छ।



