
सुरक्षा सरोकार — नेपाली लोक तथा आधुनिक गीत–संगीतका चर्चित कलाकारहरू समेटिएको भव्य सांगीतिक भ्रमण तथा सांस्कृतिक कार्यक्रम “ABA GAUCHHA AMERICA” अमेरिकाका विभिन्न शहरहरूमा आयोजना हुँदैछ।
नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यस ऐतिहासिक सांगीतिक यात्रा FLY NEPA TRAVEL को आयोजनामा सम्पन्न हुँदैछ।

अमेरिकामा कार्यक्रम हुने सुनेपछि कलाकार र दर्शक दुवैको उत्साह स्वाभाविक रूपमा उच्च रहेको छ। अमेरिकाको भिसा प्राप्त भएको खबर समेत सामाजिक सञ्जालमा साझा भइसकेको छ। यसै अवसरमा फ्लाइ नेपा ट्राभल्स एण्ड टुर्सको नेतृत्वमा सांगीतिक कार्यक्रम ‘अब गाउँछ अमेरिका’ आगामी अगस्ट १७ देखि अमेरिकाका विभिन्न शहरहरूमा सञ्चालनमा आउँदैछ।
कार्यक्रममा सहभागी हुने कलाकारहरूमा बद्री पंगेनी, कला लम्साल, एलिना चौहान र प्रताप दास रहेका छन्। ‘अब गाउँछ अमेरिका’ टिमले आफ्नो देशको सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनका लागि विभिन्न शहरहरूमा सांगीतिक प्रस्तुति दिने तयारी गरेको छ।
यस सांगीतिक यात्राको पहिलो प्रस्तुति न्यूयोर्कको Gulshan Terrace (39-15 29th Ave, Woodside, NY 11377) मा आयोजना हुने भएको छ। कार्यक्रम अगस्ट १६, २०२५, राति ८ बजेबाट बिहान २ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ:
• 🎙️ वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी
• 🎙️ चर्चित गायक प्रताप दास
• 🎙️ चर्चित गायिका एलिना चौहान
• 🎙️ लोक तथा दोहोरी गायिका कला लम्साल
कार्यक्रममा लाइभ म्युजिक र डीजे सत्र समेत समावेश रहने आयोजकहरूले जानकारी दिएका छन्।
नेपाली समुदायमा सांगीतिक चेतना फैलाउने र मौलिक संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ।
अमेरिकाको लागि नेपालका पर्यटन दुत अब गाउछ अमेरिका कार्यक्रमका परिकल्पनाकार फ्लाइ नेपाट्राभल्स एण्ड टुर्सका प्रमुख बिनोद अधिकारीले सबैलाई कार्यक्रममा उपस्थित भएर यस सांगीतिक यात्रालाई थप सफल र ऐतिहासिक बनाउन आग्रह गरेका छन्।



