काठमाडौं – कर्तव्यनिष्ठ र जिम्मेवारीप्रति इमान्दार एसएसपी विश्व अधिकारी हाल राजधानीको शान्ति सुरक्षामा चर्चाको शिखरमा छन्। काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हाले यता उनी शान्ति सुरक्षा र अपराध नियन्त्रणको जिम्मेवारी सहज रूपमा पूरा गर्दै आएका छन्। अधिकारी काठमाडौंमा गुण्डाराज निरुत्साहित गर्ने, अपराध नियन्त्रणमा रणनीतिक निर्णय लागू गर्ने र प्रहरी कार्यसम्पादनलाई केन्द्रित बनाउने काममा सफल भएका छन्।

जनघनत्व बढी भएको राजधानीमा हरेक दिन ठूला र साना अप्रेसन सञ्चालन गर्दै आएका अधिकारीले सीमित जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गर्दै फैसला कार्यान्वयनमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।

उनका अनुसार, काठमाडौं प्रहरी परिसरले गत आर्थिक वर्षमा देशभर सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्ने कीर्तिमान स्थापित गरेको छ। एक वर्षको अवधिमा काठमाडौंबाट मात्रै ५,५८५ जना फरार अभियुक्त पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ।

‘गत आर्थिक वर्षमा फैसला कार्यान्वयनलाई नेपाल प्रहरीले प्राथमिकतामा राख्दै देशभरबाट २४,३८२ फरार अभियुक्त पक्राउ गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘त्यसमध्ये काठमाडौं जिल्लाबाट मात्रै हामीले ५,५८५ जना पक्राउ गरी अघिल्लो वर्षको तुलनामा ४२१ प्रतिशत बढी सफलता हासिल गरेका छौं।’

काठमाडौं प्रहरी परिसरले आर्थिक वर्ष २०८०/८१ मा मात्र १,०६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो। एसपी अधिकारीका अनुसार, ‘फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरेको छ। अपराध गरेर लुकेर बस्ने ठाउँ राजधानी होइन, फैसला कार्यान्वयन रफ्तारका साथ अघि बढ्छ।’

नेपाल प्रहरी संगठनको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार दण्डहीनता अन्त्यका लागि फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ।

एसएसपी अधिकारी भन्छन्, ‘एकै जिल्लाबाट हजारौं फरार अपराधी पक्राउ हुनु प्रहरी संगठनप्रतिको जनविश्वास मजबुत बनाउन निर्णायक सावित भएको छ। विशेषगरी राजधानीमै कानूनी शासनको कार्यान्वयनमा देखाइएको कडाइले कानूनभन्दामाथि कोही छैन भन्ने सन्देश बलियो बनाएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय