अत्तरिया, कैलाली । इलाका प्रहरी कार्यालय मालाखेतीमा डिएसपी रणबहादुर चन्दले कार्यभार सम्हालेको सय दिनमा अपराध नियन्त्रणसँगै अवैध सामान बरामद गर्ने कार्यमा उल्लेखनीय प्रगति भएको छ। आज आयोजित कार्यक्रममा उनले कार्यालयमा हाजिर भएको ठिक सय दिन पुगेको जानकारी दिँदै उपलब्धि सार्वजनिक गरेका हुन्।

सय दिनमा १२५ अपराध दर्ता, ९० पक्राउ —

बैशाख २२ गतेदेखि साउन मसान्तसम्मको अवधिमा १२५ वटा विभिन्न अपराधजन्य घटनाहरू दर्ता भएको प्रहरीले जनाएको छ। ती घटनामा संलग्न ८० पुरुष र १० महिला गरी ९० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

सय दिनमा दर्ता भएका प्रमुख घटनाहरू यसप्रकार छन् :

सार्वजनिक हित विरुद्धका कसूर – १८, लागुऔषध – १०, जबरजस्ती करणी – ७, जबरजस्ती करणी प्रयास – २,चेकजाली कसूर – ३३, सवारी दुर्घटना – ५, झुण्डिएर आत्महत्या – १५,बहुविवाह – ३, चोरी – १५, पानीमा डुबेर मृत्यु – ७, सामान्य मृत्यु – ५, विष सेवन गरी आत्महत्या – २, आत्महत्या प्रयास – २, दुर्घटनाजन्य मृत्यु – १,मानव बेचबिखन तथा ओसारपसार – १, फुटकर घटना – २, ठगी – २, कर्तव्य ज्यान – १, ज्यान मार्ने उद्योग – १, जातीय विभेद तथा छुवाछूत – १, करेन्ट लागि अंगभंग – १ र हातहतियार खरखजाना – २ रहेको प्रहरीले जनाएको छ ।

साथै सय दिनमा ईलाका प्रहरी कार्यालय मालाखेतिले  ठूलो परिमाणमा अवैध सामान समेत बरामद गरेको छ। बरामद वस्तुको बजार मूल्य करिब ७७ लाख २३ हजार रुपैयाँ पुगेको छ।

बरामद प्रमुख सामग्रीमा :—मोबाइल डिस्प्ले तथा पार्टपुर्जा – रु. ४२,३७,५०० , कोट–पाइन्ट कपडा – रु. २३,००,५००, धोती, कुर्ती, साडी – रु. ५६,६६,५००,ब्ल्याङ्केट, तन्ना – रु. ११,२१,५००, मोटरसाइकल २ थानसहित कपडा – रु. २,७०,७५०

रहेको समेत जानकारि दिनुभयो । साथै यो अवधिमा विभिन्न मुद्दामा फरार अभियुक्त ७ जना समेत प्रहरीले प्रकाउ गरेको छ ।

साथै , डिएसपी  रणबहादुर चन्दले प्रहरीको निरन्तर सक्रियताले अपराध नियन्त्रणसँगै अवैध सामान ओसारपसारमा कमी आएको बताएका छन्।

उनले भने, सय दिनमा अपराध नियन्त्रण, अनुसन्धान निगरानीमा उल्लेखनीय प्रगति गरेका छौँ। समाजमाशान्तिसुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय