काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङमाथि पूर्व पत्नीलाई कुटपिट गरेको आरोप लागेको छ। ललितपुरको हात्तिवनस्थित डेरामा गएर उनले पूर्वपत्नी शुभद्रा दाहाललाई रगतपच्छे हुने गरी कुटपिट गरेको दाबी गरिएको छ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत गुरुङले केही समयअघि दाहालसँग सम्बन्धविच्छेद गरेका थिए। आफ्ना बच्चासँग बस्दै आएकी दाहाललाई शुक्रबार साँझ कुटपिट गरेको आरोप छ। दाहालले आफ्नो फेसबुक पेजमा रगतपच्छे भएको फोटो सार्वजनिक गर्दै सहयोगको याचना गर्दै लेखेकी छन्, “हेल्प मि, गुरुङबाट म कुटिएँ।”

घटनाबारे आफूलाई जानकारी नभएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए। उनले भने, “घटनाको जानकारी मलाई छैन, कसैले अवाञ्छित गतिविधि गरेको भेटे कानुन बमोजिम कारबाही गर्छु।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय