काठमाडौं । सेयर बजारको विश्लेषण गर्ने भन्दै फेसबुकमा विज्ञापन गरिएको नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ बैंक खाताबाट गायब भएको तथ्य सार्वजनिक भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB) मा यससम्बन्धी उजुरीहरू दर्ता भएका छन्। व्युरोका अनुसार एक व्यक्तिको मात्र २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट हराएको छ।

व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार यस्ता उजुरीहरू धेरै आएका छन्। फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता विज्ञापन देखिने भएकाले सो एप डाउनलोड गर्दा बैंकको पैसा गुम्ने जोखिम उच्च रहेको उनले चेतावनी दिए।

व्युरोले गुगल प्ले स्टोर वा आइओएसजस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न, टु-फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न, पासवर्ड समय–समयमा परिवर्तन गर्न र एनीडेस्क वा टिमभ्युअरजस्ता रिमोट एक्सेस अरुलाई नदिन आग्रह गरेको छ। साथै, यस्ता घटना भए तत्काल प्रहरीलाई जानकारी दिन अपील गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय