
काठमाडौँ — तोकिएको स्थानमा जानका लागि काटिएको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टर हाजिरी र ई-हाजिरी दुवै काटिएको हो। एक महिनासम्म खटाएको स्थानमा नगएपछि मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई साउन १५ गते २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो।

निर्देशन पाएका २३ कर्मचारीमध्ये ८ जना मात्र सम्बन्धित स्थानमा पुगेका छन् भने बाँकी १५ मध्ये १४ जनाको हाजिरी काटिएको छ। मन्त्रालयको प्रशासन महाशाखाले साउन १६ गते मन्त्रालयको वेब पोर्टलमा सूचीसमेत सार्वजनिक गरेको थियो।
खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७, साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत र साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा परेका थिए। तीमध्ये सात शाखा अधिकृत र एक नायब सुब्बा तोकिएको स्थानमा पुगेका छन्।
तोकिएको स्थानमा जाने शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरन्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे रहेका छन्। एक नायब सुब्बा पनि तोकिएको स्थानमा पुगेका छन् भने बाँकीको हाजिरी काटिएको हो।
२४ घण्टे उर्दी काटिएका कर्मचारीहरूको सूची:




