काठमाडौं — नेपाल प्रहरीका हालै बढुवा भएका ३५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकारको गृहमन्त्रीस्तरको साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना बढुवा भएका छन्।

त्यसैगरी, सचिवस्तरको निर्णयअनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा ११ जना र प्रहरी निरीक्षकबाट डीएसपीमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतको पदोन्नति भएको हो।

समारोहमा आईजीपी थापाले पदोन्नति प्राप्त सबै अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनले जिम्मेवारीसँगै थप इमानदारी, निष्पक्षता र जनसेवाप्रति समर्पित भावना आवश्यक हुने भन्दै उच्च मनोबलका साथ कार्य गर्न निर्देशन पनि दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय