काठमाडौं, साउन २० — काठमाडौंको तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेत जिल्ला प्रहरी परिसर काठमाडौंमा हाजिर भएका छन्।

काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादका क्रममा भएको झडपमा घाइते भएका व्यक्तिले बस्नेतविरुद्ध जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंबाट ज्यानमार्ने उद्योगअन्तर्गत पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि बस्नेत मंगलबार प्रहरी कार्यालयमा निवेदनसहित हाजिर भएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी कुलदिप चन्दले जानकारी दिए।

“उहाँ निवेदनसहित हाजिर हुन आउनुभएको छ,” एसपी चन्दले भने, “उहाँको बयान लिने लगायत अनुसन्धानका कामहरू अगाडि बढिरहेका छन्।”

हाल वडाध्यक्ष बस्नेतमाथि प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय