काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषधविरुद्ध ‘घर अभियान’ सुरु भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही समयअघिदेखि अघि बढाइएको लागुऔषधविरुद्धको महाअभियानले उल्लेखनीय सफलता प्राप्त गरिरहेको बताए।

आईजीपी थापाका अनुसार उपत्यकाभित्र लागुऔषध नियन्त्रणको उद्देश्यले ललितपुर महानगरपालिकाबाट ‘घर–घरमा सचेतना अभियान’ सुरु गरिएको हो।

“हामीले जुन लागुऔषधविरुद्धको महाअभियान अघि सारेका छौँ, यसले राम्रो प्रभाव पारेको छ,” उनले भने, “काठमाडौँ उपत्यकाले ‘लागुऔषधविरुद्धको घर अभियान’ भनेर दुई महिनाअघि सुरु गरेको छ। ललितपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान घरघरमा पुगेर परिवार र समाजलाई सुरक्षित बनाउने लक्ष्यसहित अघि बढाइएको हो।”

आईजीपी थापाले यस अभियानलाई प्रभावकारी बनाउन संघ, प्रदेश, स्थानीय सरकार, संघसंस्था तथा समुदायको समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।

“अब हामीले पार्टनरसिप एक्टिभिटिजमार्फत विभिन्न निकायसँग सहकार्य गर्दै लागुऔषधविरुद्धको अभियानलाई अझ व्यापक बनाउनुपर्नेछ,” उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय