काठमाडौं — माननीय गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण ब्यूरोको अनुगमन तथा निरीक्षण गर्नु भएको छ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा तथा केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुबेर खापुङ पनि उपस्थित हुनुहुन्थ्यो।

गृहमन्त्री लेखकले ब्यूरोअन्तर्गतका विभिन्न शाखाहरूको अवलोकन र समिक्षा गर्दै ब्यूरोले हालसम्म पुर्‍याएको सफल कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले ब्यूरोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई ब्यूरोको उल्लेखनीय उपलब्धिहरूको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

साथै, गृहमन्त्री लेखकले लागुऔषधको व्यापक प्रभावलाई ध्यानमा राख्दै सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै लागुऔषधको जालो तोड्न र समग्र समाजलाई लागुऔषधमुक्त बनाउने अभियानमा अझ प्रभावकारी रूपमा लाग्न निर्देशन दिनुभयो।

उक्त कार्यक्रममा प्रमुख पदाधिकारीहरूसँगको अन्तर्क्रियामा ब्यूरोको भावी रणनीति, चुनौतिहरू र समन्वयात्मक प्रयासहरूप्रति पनि गम्भीर छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय