काठमाडौं — पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल पुलिस फुटबल क्लबको महिला टिमका मुख्य प्रशिक्षक भोला सिलवाल प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा भएका छन्।

त्यस्तै, नेपाल प्रहरी क्रिकेट टिमका सहायक प्रशिक्षक विजय कुमार धिताल प्रहरी सहायक निरीक्षक (असई) पदमा पदोन्नत भएका छन्।

खेलकुद क्षेत्रको विकासमा लामो समयदेखि समर्पित रहँदै आएका दुवै प्रशिक्षकको योगदानलाई मूल्यांकन गर्दै नेपाल प्रहरीले उनीहरूलाई पदोन्नति गरेको हो।

भोला सिलवालले खेलाडीका रूपमा मात्र नभई प्रशिक्षकको रूपमा पनि उल्लेखनीय योगदान दिँदै आएका छन्। उनको नेतृत्वमा नेपाल पुलिसको महिला फुटबल टिमले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरेको छ।

त्यसैगरी, विजय धितालले क्रिकेट टिममा प्रविधिक दक्षता अभिवृद्धि र समन्वयात्मक तालिममार्फत टोलीलाई सबल बनाउन विशेष भूमिका खेलेका छन्।

नेपाल प्रहरीको खेलकुद क्षेत्रमा समर्पित यी दुई व्यक्तित्वको पदोन्नतिलाई संस्थागत सम्मानको रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय