काठमाडौँ — करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था, सिद्धार्थनगर–५, रुपन्देहीका अध्यक्ष अशोक केसी पक्राउ परेका छन्।

३४ वर्षीय केसी दोलखा जिल्लाको मेलुङ गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। उनलाई भक्तपुरबाट पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी गणेश सापकोटाले जानकारी दिए।

प्रहरीका अनुसार उक्त सहकारी संस्थाले बचतकर्ताहरूको कुल ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको छ।

यस प्रकरणमा अध्यक्ष केसीसहितका व्यक्तिहरूमाथि २०८१ वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएको थियो। हाल थप अनुसन्धानका लागि उनीलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय