
पाल्पा, साउन ६ ।पाल्पा जिल्लाको दोभानमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रुम बहादुर खत्रीलाई २०८२ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरिएको छ।
प्रहरी सेवामा गरेको उल्लेखनीय कर्तव्यनिष्ठता, समयमै सूचना व्यवस्थापन, शान्ति सुरक्षामा देखाएको सक्रियता तथा जनमैत्री व्यवहारका आधारमा सई खत्रीलाई यो सम्मान प्रदान गरिएको हो।

मासिक रुपमा हुने प्रहरी कार्यालयको समन्वयात्मक समीक्षा बैठकमा कार्यालय प्रमुखले खत्रीलाई प्रशंसा-पत्र र पुरस्कार प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
उनले देखाएको सेवा भाव, इमान्दारिता र नेतृत्व क्षमताले अन्य प्रहरी कर्मचारीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।



