काभ्रेपलाञ्चोक — विशेष सूचनाको आधारमा प्रहरीले काभ्रेको नगरकोटस्थित एक होटलमा चलाइएको अनलाइन सट्टाबाजी (जुवा) अपरेशनलाई भण्डाफोर गर्दै पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, मण्डनदेउपुर नगरपालिका–७ स्थित नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रीन पीस रेस्टुरेन्ट मा अनलाइन सट्टाबाजी भईरहेको भन्ने सूचनाका आधारमा प्रहरी अधिकृतसहितको टोली परिचालन गरिएको थियो।

अन्दाजी दिउँसो २:३० बजे सो होटलमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पाँच जना व्यक्ति अनलाइन सट्टाबाजी (जुवा)मा संलग्न रहेको भेटिएको हो। प्रहरीले उनीहरूबाट ५ थान ल्यापटप र १८ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छः

दिगज नकर्मी , सञ्जीव कुशी  ,रोशन प्रजापति, एलिस कुश्म र रोजन महर्जन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ। घटनासम्बन्धी थप विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारि दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय