काठमाडौं । भक्तपुरस्थित मालपोत कार्यालयका दुई कर्मचारीलाई साढे २४ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत रहेका छन्। मोही तल्सिङको मुद्दा मिलाइदिन सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा पर्ने १४ रोपनी ४ आना जग्गालाई मोही र तल्सिङको लगत कट्टा गरी मोहीको नाममा जग्गा धनी प्रमाणपत्र (पूर्जा) बनाइदिन उनीहरूले साढे २४ लाख रुपैयाँ माग गरेका थिए।

घटनास्थलबाट उनीहरूको साथबाट नगदसहित २ थान मोबाइलसमेत बरामद गरिएको छ। अख्तियारले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय