काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो ४ सय ग्राम कोकिनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार अजरबैजानबाट आएका ४९ वर्षीय अब्दुस समाद जामिल मन्सुरी पक्राउ परेका हुन्। मुम्बई निवासी मन्सुरी असार २५ गते कतार एयरवेजमार्फत काठमाडौं आएका थिए।

ब्युरोको टोलीले उनको साथबाट कोकिन बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको हो।

लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार मन्सुरीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको छ।

अन्तर्राष्ट्रिय लागूऔषध तस्करीसँग सम्बन्धित घटनामा संलग्नता देखिएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय