काठमाडौं, असार २४ – काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट एक करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जैन हुन्, जो हाल स्वयम्भूमा बसोबास गर्दै आएका छन्।

जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले सोमबार उक्त रकमसहित वाङलाई नियन्त्रणमा लिएको हो। घर खानतलासीका क्रममा उक्त नगद बरामद गरिएको प्रहरीले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय