
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई ३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियार प्रशासनको विशेष स्रोतका अनुसार, योजना भुक्तानी गर्ने क्रममा वडाध्यक्ष यादव सोमबार घुस लिँदै गर्दा नियन्त्रणमा लिइएका हुन्।

हाल घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ भने अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।



