
प्रिय पाठकवृन्द,
नयाँ युगको डिजिटल संसारमा, हामीले एउटा नवीनतम अनलाइन न्युज पोर्टल “सुरक्षा सरोकार डटकम”आज बाट औपचारिक रूपमा सुरुवात गरेका छौ ।

सुरक्षा क्षेत्र संग सम्बधित सम्पुर्ण समाचार, विचार र विश्लेषण समेट्ने मुख्य उद्देश्यका साथ जयपार्वती मिडिया हाउस प्रा.लिले “सुरक्षा सरोकार डटकम” सञ्चालनमा ल्याएको हो। नेपालको सुरक्षा पत्रकारितामा फरक आयाम थप्ने उद्देश्यले सुरक्षा सरोकार डटकम पाठकमाझ आएको छ।
हाम्रो उद्देश्य भनेको पाठकहरूलाई सुरक्षा र अपराधसॅग सम्बन्धी नवीनतम समाचार, विश्लेषण, र घटनाक्रमको सटीक जानकारी प्रदान गर्नु हो ! यसका साथै , हामी केवल प्रमाणित र विश्वसनीय स्रोतहरूबाट समाचार संकलन गर्दै जनताप्रति सदैव र निरन्तर उत्तरदायी भइरहनु पर्ने,आवाज बिहिनहरुको आवाज बन्ने,राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी निरन्तर गरिरहने छौ।

आजको व्यस्त जीवनशैलीमा, समाचारको महत्त्व झन् बढ्दै गएको छ। हामी तपाईँलाई सुरक्षा निकायसंग सम्बन्धित ताजा घटनाक्रम, गहिरो विश्लेषण, र विविध दृष्टिकोणहरू प्रस्तुत गर्न प्रतिबद्ध छौं। “सुरक्षा सरोकार डटकम“ मा तपाईँलेमुलत: सुरक्षा क्षेत्र संग सम्बधित सम्पुर्ण समाचार, विचार र विश्लेषण ,राजनीति, अर्थतन्त्र, स्वास्थ्य, प्रविधि, मनोरञ्जन, खेलकुद, साहित्य र अन्य विभिन्न क्षेत्रमा भरपर्दो समाचार पाउनु हुनेछ।
हामी बिग्रिएका, भत्किएका, भ्रष्टाचारजन्य क्रियाकलापमा चासो त लिने नै छौँ, सँगै सुरक्षा निकायले गरेका राम्रा काम, सुशासनका अभ्यास र सकारात्मक प्रयासलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछौँ ।
जयपार्वती मिडिया हाउस प्रा.लि.
दीपक राज जोशी
प्रबन्ध निर्देशक



