सुरक्षा सरोकार  – कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले पहिलो पटक ‘कोरिया एजुकेशन फेयर’ आयोजना गर्न लागेको छ। दक्षिण कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले सेप्टेम्बर ६ (भदौ २१) मा नयाँ बानेश्वरस्थित ‘द एभरेस्ट होटल’ मा मेलाको आयोजना हुनेछ।

केक्यानका अध्यक्ष विष्णु खड्काका अनुसार फेयरमा सहभागी विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि आवश्यक पूर्व तयारी, शैक्षिक निति, विषय चयन, विश्वविद्यालय र भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। साथै प्रविधि, पाठ्यक्रम र डिजाइनसम्बन्धी जानकारी पनि उपलब्ध गराइनेछ।

फेयरमा उपस्थित विद्यार्थीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र फिल्म टिकटको समेत व्यवस्था गरिएको छ। मेलामा २३ वटा स्टल रहनेछन् र विद्यार्थीहरूले निशुल्क प्रवेश पाउनेछन्।

केक्यान दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने संस्थाहरूको छाता संगठन हो। संघले विभिन्न सरोकारवालासँग मिलेर सिर्जनशील गतिविधिहरू गर्दै आइरहेको छ। हाल केक्यानमा ५० वटा सदस्य संस्थाहरू रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय