अर्घाखाँची — अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीमा दाजुले बञ्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्। ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह बिष्टका अनुसार दुवै दाजुभाइबीच पहिलेदेखि नै मनमुटाव रहँदै आएको थियो। बिहीबार राति दुवैले मदिरा सेवन गरेपछि विवाद उग्ररूप लिँदै हिंसात्मक झगडामा परिणत भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका बमबहादुरलाई तत्काल स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पुर्‍याएका थिए, तर चिकित्सकले राति नै उनलाई मृत घोषणा गरेका थिए।

हत्या पछि फरार रहेका विष्णुबहादुरलाई प्रहरीले राति नै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय