
काठमाडौं । प्रहरीले पर्साको परवानीपुरबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।
बुधबार (असार ११ गते) बेलुका प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट झण्डै ३१७ किलो चरेस बरामद गरिएको पर्सा प्रहरी स्रोतले जनाएको छ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको उक्त ट्रकमा चरेस लुकाई भारततर्फ लैजान लागिएको अनुसन्धानबाट खुलेको छ।
चरेससहित प्रहरीले ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ।
स्याङ्तानको साथबाट प्रहरीले नगद एक लाख ९२ हजार रुपैयाँ समेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



