काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा जुवातास खेल्दै गरेका चार जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले मदन लामा सहित चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नगद ७५ हजार ५ सय ५० रुपैयाँ र ८ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय