काठमाडौं — विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको मुद्दामा दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतले घुस लिएको र अपराधबाट आर्जित सम्पत्ति लुकाएको ठहर गरेको हो। उनीमाथि राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर भएको थियो। विशेष अदालतले घुस लिएको पुष्टि गर्दै उनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा समेत दोषी ठहर गरेको छ।

अदालतका अनुसार बस्नेतले कुल १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धिकरण (अपराधबाट आर्जित सम्पत्ति लुकाउने) गरेका छन्।

अब बस्नेतलाई तोकिएको सजाय सुनाउन अदालतले आगामी असार १६ गतेको मिति तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय