
काठमाडौं । लागूऔषध कारोबार भईरहेको विशेष सूचनाका आधारमा कोटेश्वर प्रभागबाट खटिएको प्रहरी टोलीले एक गेष्ट हाउसबाट ४ किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, कोटेश्वरको पाहुना गेष्ट हाउसको कोठा नम्बर २०६ मा छापा मार्दा जिल्ला रामेछाप, मन्थली नगरपालिका–१० का सुरेश पुलामी मगरलाई लागूऔषध गाँजा ४ किलो १०० ग्रामसहित नियन्त्रणमा लिइएको हो।

उक्त लागुऔषधसहित पक्राउ परेका सुरेश पुलामीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि उनलाई प्रहरी वृत्त नयाँबानेश्वरमा पठाइएको प्रहरी निरिक्षक यज्ञराज भट्टले जानकारी दिनु भयो।



