रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्सा जिल्लास्थित बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई घुससहित पक्राउ गरेको छ।

काठमाडौँबाट खटिएको अख्तियारको विशेष टोलीले श्रीवास्तवलाई विभिन्न विकास योजनाको स्वीकृति, खरिद आदेश तथा ठेक्का प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभको उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको पुष्टिका लागि पर्याप्त प्रमाण भेटिएको छ। यस आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले श्रीवास्तव पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार अख्तियारको टोलीले पक्राउ गरेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

अख्तियारले घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय