काठमाडौं, असार ५ । काठमाडौंको स्वयम्भू क्षेत्रबाट लागुऔषध कारोबारमा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर घर भई काठमाडौं महानगरपालिका–१५, अजिमा हल नजिक बस्ने २० वर्षीया मनीषा ठाकुर रहेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुरलाई विभिन्न प्रकारका नशालु औषधिहरू र नगद दुई लाख २५ हजार आठ सय रुपैयाँसहित पक्राउ गरिएको हो।

उनको साथबाट प्रहरीले २१ हजार ५०० पिस ट्रामाडोल ट्याबलेट, २६० पिस फेनारगन, २६० पिस डाइजापाम, र २६० पिस नर्फिन बरामद गरेको जनाएको छ।

प्रहरीले लागूऔषध ओसारपसारको आशंकामा थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय