काठमाडौं, असार ४ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भारतको ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन्।

प्रहरीका अनुसार मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आइपुगेकी खेमानीलाई आगमन भन्सार क्षेत्रको टनेल नजिकै शंकास्पद देखिएपछि जाँच गरिएको थियो। सो क्रममा उनको साथबाट १ किलो १५९ ग्राम अर्धठोस अवस्थामा रहेको सुन फेला परेको हो।

सुन प्लास्टिकले बेरिएको तीन वटा डल्लाको स्वरूपमा ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय