
बारा । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले विशेष सूचनाका आधारमा २२ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–८, लोसण्डाका ४५ वर्षीय रामपुकार सहनी रहेका छन्। उनलाई जीतपुर सिमरा उपमहानगरपालिका–८, ईम्लीप्रति स्थित एक फिल्डमा दुई बोरा गाँजा बोकी लैजाँदै गरेको अवस्थामा मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



