काठमाडौँ, असार —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गौतमले पदीय मर्यादाविपरित गैरकानुनी रूपमा साढे २ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेका छन्। २०५५ सालमा सरकारी सेवा प्रवेश गरेका गौतमले २०७९ चैतसम्मको अवधिमा वैध आम्दानीभन्दा बढी २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति संकलन गरेको अख्तियारको ठहर छ।

अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार, गौतमको स्रोत नखुलेको सम्पत्ति जफत गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही अगाडि बढाउन मागसहित विशेष अदालतमा बिगो दाबी गरी आरोपपत्र दायर गरिएको हो।

आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी अन्य अनुसन्धानलाई पनि अघि बढाउने जनाएको छ। यस प्रकरणले यातायात कार्यालयमा व्याप्त सम्भावित भ्रस्टाचारको उजागर गरेको विश्लेषण भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय