बर्दिया — ठाकुरबाबा नगरपालिका–९ का १९ वर्षीय अर्जुन रोकायलाई नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार रोकायले आफूलाई “प्रहरी सहायक निरीक्षक (असई)” भन्दै ठाकुरबाबा नगरपालिका क्षेत्रका विभिन्न होटल तथा पसलहरूबाट उधारो सामान लिँदै ठगी गरिरहेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार अनुसन्धानका क्रममा रोकाया कुनै पनि प्रहरी संगठनमा आवद्ध नरहेको पुष्टि भएको छ।

रोकायले झुठा पद सिर्जना गरी स्थानीयलाई मानसिक हैरानी दिएको पाइएकाले उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए। प्रहरीले उनलाई हाल कार्यालयमा राखी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय