संखुवासभा — संखुवासभा प्रहरीले आपराधिक लाभ तथा विद्युतीय अपराध (साइबर क्राइम) अन्तर्गत अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–१ निवासी २९ वर्षीय सुजन भुजेल र २२ वर्षीय विपल राई रहेका छन्। उनीहरूलाई संखुवासभाकी एक युवतीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले जानकारी दिए।

अनुसार, पक्राउ परेका युवाहरूले ती युवतीको अश्लील भिडियो तयार गरी उनका आफन्तजनहरूलाई पठाउने, साथै आफूहरूको आदेश नमानिए भिडियो सार्वजनिक गरिदिने धम्कीसमेत दिने गरेको अनुसन्धानबाट खुलेको छ। घटनासँग सम्बन्धित पर्याप्त प्रमाण फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

हाल उनीहरूविरुद्ध संखुवासभा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय