ललितपुर — ललितपुरको महालक्ष्मी नगरपालिका–९, लुभु लामाटार ज्याकटा टोलस्थित एक घरमा जुवातास खेलिरहेका १३ जना पक्राउ परेका छन्।

४० वर्षीय जोसिराज राईको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार बेलुकी नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूबाट नगद ३ लाख ४७ हजार ६ सय ३५ रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला परिसर ललितपुरका एसपी / प्रवक्त्ता चक्रराज जोशीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय