
काठमाडौं — बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका प्रतिवादी हिरण्य कुमार मगर पक्राउ परेका छन्। उनीमाथि १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक बिगो लागेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१४, महालक्ष्मी बस्दै आएका ४१ वर्षीय मगरलाई जेठ २९ गते पक्राउ गरिएको हो।
परिसरका सूचना अधिकारी एसपी अपील राज बोहराले मगरमाथि थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।



