तानसेन — कर्तव्य ज्यान मुद्दामा फरार रहेका पाल्पाको माथाँगढी गाउँपालिका–१ चिदिपानी दमारका ५७ वर्षीय सन्तबहादुर सार्की १४ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, सार्कीले १४ वर्षअघि आफ्नै भतिज नाता पर्ने नरबहादुर नेपालीको हत्या गरी फरार भएका थिए। उनलाई हालै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार, घरेलु विवादका क्रममा छुरा प्रहार गरी हत्या गरेका सार्की लामो समयदेखि फरार रहेका थिए।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय