रामेछाप — रामेछापमा एक युवाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। मंगलबार साँझ करिब ६ बजेतिर रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बस्ने २९ वर्षीय लवकुमार थापा मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।

प्रहरीका अनुसार हत्या आरोपमा भिनाजु नाता पर्ने ५० वर्षीय विनोदकुमार यसमालीलाई पक्राउ गरिएको छ। लवकुमार आफ्नो कोठामा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर भागेको भन्ने सूचना पाएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा घटनापछि विनोदकुमार फरार भएको खुलेको र त्यसै आधारमा प्रहरीले उनलाई सोही राति रामेछाप–५, रामपुर कोलन्जोरबाट पक्राउ गरेको डिएसपी भट्टले बताए।

“उनको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ,” डिएसपी भट्टले भने, “हामीले त्यसबारे विस्तृत अनुसन्धान गरिरहेका छौं।”

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद थप गरी विनोदकुमारलाई हिरासतमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय