कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय चन्द्रबहादुर बुढाथोकी रहेका छन्।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो शंका लागेर जाँच गर्ने क्रममा खैरो हेरोइन जस्तो देखिने करिब ३३० मिलिग्राम पदार्थसहित नियन्त्रणमा लिएको हो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय