कैलाली — इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले गोदावरी नगरपालिका–५ गेटा स्थित मनहरा बस्ने २० वर्षीय कमल रिजाललाई पक्राउ गरेको हो।

उक्त युवक संकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम १८० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रिजाल कैलालीकै पूर्ण ब. रिजालका छोरा हुन्। उनलाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।

प्रहरीले लागुऔषध विरुद्धको निगरानी र नियन्त्रण अभियानलाई अझ कडा बनाउँदै लगिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय