
कैलाली— घोडाघोडी नगरपालिका–१ स्थित सुखडको सप्तश्री स्कुल टोल नजिक लागुऔषध सेवन भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूको शरीर खानतलासी गर्दा शुद्ध तौल २१ ग्राम ८२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध बरामद गरेको हो। बरामद पदार्थसहित पाँचै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा निम्न व्यक्ति रहेका छन्ः उमेशनाथ योगी , विनोद मिजार, नबिन मिजार,दिनेश बहादुर बिष्ट र मुकेश बस्नेत रहेका छन् !
बरामद गरिएको पदार्थलाई परीक्षणका लागि पठाइएको छ र उनीहरूमाथि लागुऔषध सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख रमेश अवस्थीले जानकारि दिनु भयो ।



