सप्तरी—सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनमा डाका समूहले घरमै आक्रमण गरी लुटपाट गर्नुका साथै एक जनाको गोली हानी हत्या गरेका छन्।

डाका समूहले घरधनी ६५ वर्षीय कान्तालाल चौधरीको गोली हानी हत्या गरेका हुन् भने उनका भाइ रमाकान्त चौधरी डाकाहरुको कुटपिटबाट घाइते भएका छन्। घाइते रमाकान्तको अहिले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बिरेन्द्र यादवका अनुसार राति करिब १ बजे ५ देखि ७ जनाको समूहमा आएका डाकाहरुले चौधरीको घरमा आक्रमण गरेका थिए। उनीहरूले धारिलो हतियार प्रयोग गर्दा कान्तालाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

डाकाहरुले चौधरीको घरबाट झण्डै ५ तोला सुन, २ किलो चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेका छन्। प्रहरी निरीक्षक यादवले घटनाबारे थप अनुसन्धान भइरहेको र डाका समूहको खोजी जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय