धनगढी – कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट चोरी गरिएका आठ वटा मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ स्थित लोहारपुर र जंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ लोहारपुरका १४ वर्षीय किशोर निराजन शाही, घोडाघोडी–१० पहलमानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र लक्ष्मीपुरका १४ वर्षीय निराजन शाही रहेका छन्।

प्रहरीका अनुसार मदन सार्की र निराजन शाही यसअघि पनि चोरी मुद्दामा संलग्न भइ कैद भुक्तान गरिसकेका छन्। चौधरी भने चोरी गरिएका मोटरसाइकल सस्तो मूल्यमा खरिद गरी नाफा कमाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गराई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय