काठमाडौं ।जिल्ला प्रहरी कार्यालय धादिङले लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी केनाम सिंह तामाङलाई गत मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (DSP) सुवास हमालले जानकारी दिए।

तामाङमाथि जिल्ला अदालत धादिङले चार वर्ष एक महिना कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

प्रहरीका अनुसार उनी लामो समयदेखि फरार रहँदै आएका थिए। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय