नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ रामनगरस्थित शिवमन्दिर नजिकै लागू औषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिक्रम घरुक र डुडुवा गाउँपालिका–६ बस्ने २० वर्षीय सुनिल खटिक रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीका अनुसार उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो। बरामद पदार्थको शुद्ध तौल १७ ग्राम रहेको छ।

पक्राउ परेकासँगै प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको डिएसपी पातलीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय