कैलाली — कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियापूर्व रोडस्थित क्षेत्रबाट भन्सार छली गरी ल्याइएका कपडा प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट प्रनाउ रणबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको बैतडी, पुर्चौडी नगरपालिका–१, हाट बस्ने ३३ वर्षीय नबिन कुँवरलाई नियन्त्रणमा लिएको हो। कुँवरले भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १७ लाख रुपैयाँ बराबरका कोट–पाइन्ट सिलाइका कपडा (थान ९५, करिब ११०० मिटर) फेला परेका छन्।

बरामद गरिएका सामग्री र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय