रुपन्देही — लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्ला रुपन्देहीको मायादेवी गाउँपालिका–१, अहिरौलीमा सञ्चालित प्रहरीले गरेको विशेष अपरेशनमा ब्राउन सुगर २० ग्राम बरामद गरिएको हो।

पक्राउ पर्नेमा राजेश कहार र गोबिन्द लोध रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट २० ग्राम ब्राउन सुगर जस्तो लागुऔषध र ३ थान मोबाइल फोन समेत बरामद गरिएको छ।

उक्त अपरेशन प्रहरी ईप्रका लुम्बिनीको समन्वयमा लागुऔषध शाखा कार्यालय भैरहवाले सञ्चालन गरेको थियो। पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर